www.tandavnews.com
Fact ~ In search of truth

हिजोको तुलनामा आज संक्रमित कम, देशभर ६८१ मा कोरोना पुष्टि

काठमाडौं ।

मुलुकभर आज ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भएर १२० डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।

Batas

मन्त्रालयको अनुसार २४ घण्टामा ११ हजार ५२२ जनाको परीक्षण गरिएको थियो । यसैबीच यता आज मात्रै गण्डकी प्रदेशमा पोखरा ४ सहित २३ जना कोरोना संक्रमित थपिएका छन् ।

हिजो एकै दिन १ हजार १६ जनामा संक्रमण पुष्टि भएपश्चात त्रास बढेकोमा आज केही हद सम्म संक्रमण पुष्टि हुनेको संख्या कम रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.