www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा निषेधाज्ञा सुरु भएदेखि अहिलेसम्म एक सय बढी सवारी कारवाहीमा

पोखरा
ताण्डव न्यूज ।

कोरोना भाइरस संक्रमण न्युनिकरण तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबारदेखि निषेधाज्ञा जारी गरेको छ । यस अवधिमा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालन गर्न पाइदैन ।

तर, अटेर गरेर केही ब्यक्तिहरु निषेधाज्ञा उल्लंघन गर्दै सवारी गुडाएको पाइएको छ । यसरी गुडाइने सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । ट्राफिक कार्यालयका अनुसार निषेधाज्ञा सुरु भएको दिन बुधबार ८७ र बिहिबार मध्यान्हसम्म २५ वटा सवारी नियन्त्रणमा लिइएको छ ।

Batas

‘अहिले कास्कीका नाका लगायत बजार क्षेत्रमा झण्डै ७० जना ट्राफिक प्रहरीहरु खटिइरहनुभएको छ’, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख तथा प्रहरी निरिक्षक सन्तोष रोकाले भने,‘पहिलेजस्तो अनावश्यक हिँडेको खासै पाइएको छैन । हिजो ८७ र आज २५ सवारीहरुलाई सामान्य कारवाही गरिएको छ ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.