www.tandavnews.com
Fact ~ In search of truth

सप्तरीमा चन्द समूहकी नेत्री र नेता पक्राउ

सप्तरी ।

प्रतिबन्धित नेत्र विक्रम चन्द समूहकी केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेललाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ ।

भुजेलसँगै चन्द समूहका अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेलसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिए ।

Batas

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भारदहमा प्रहरीसँग अभद्र गरेको व्यवहारमा उहाँहरू विरुद्ध मुद्दा चलाएको छ । अन्तरिम व्यवस्थापिकामा विधायकसमेत बनेकी चन्द समूहका पूर्वपोलिटब्यूरो सदस्य भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले मंगलबार पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेको थियो ।

नेपाल सरकारले चन्द समूहको नेकपामाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.