www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा : दुर्घटनामा ज्यान गुमाएका प्रहरीलाई शोक सलामी सहित श्रद्धाञ्जली अर्पण

पाेखरा

बुधबार सडक दुर्घटनामा मृत्यु भएका वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत प्रहरी हवल्दार डम्बर बहादुर थारु र प्रहरी जवान चन्द्र बहादुर बगालेको पार्थिव शरिरलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्राङ्गणमा बिहिबार शोक सलामी सहित श्रद्धाञ्जली अर्पण गरिएको छ ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उनीहरुको पार्थिव शरिरमा नेपाल प्रहरी संगठनको झन्डा ओढाउनुका साथै पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गरे ।

Batas

सोहि अवसरमा प्रहरीको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।

साथै प्रहरी नायव महानिरीक्षक अर्यालले दुबै जना मृत प्रहरी कर्मचारीका परिवारजनहरुसंग भेटघाट गरी समवेदना प्रकट गर्नुका साथै ईमान्दार, कर्त्वयनिष्ठ प्रहरी कर्मचारीलाई गुमाउँदा नेपाल प्रहरी संगठनलाई अतुलनीय क्षती भएको महसुस गरेको बताए ।

उक्त श्रदाञ्जली कार्यक्रममा संघीय प्रहरी ईकाइ कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के।सी।, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारी एवं मृतक प्रहरी कर्मचारीका परिवारजन तथा आफन्तले समेत पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।

बुधबार रातको अन्दाजी ०१ः०५ बजेको समयमा पोखरा महानगरपालिका५ मालेपाटन स्थित विश्वास पेट्रोलपम्प अगाडी बाग्लुङ बसपार्कबाट जिरो किलोमिटर तर्फ जाँदै गरेको वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट १२ः०० बजे देखि ०६ः०० बजे सम्मको मोटरसाईकल गस्ती डिउटीमा ग १ ब ३६९ नं.को मोटरसाईकमा सवार उनीहरुलाई सोही दिशाबाट आउँदै गरेको ग २ च २६२६ नं।को बलेरो जिपले पछाडीबाट ठक्कर दिँदा गम्भिर घाइते भई दुबै जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.