www.tandavnews.com
Fact ~ In search of truth

सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन ।

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका ५ को ३ नम्वर पुलनजिक सुख्खा पहिरो खसेको हो।

पहिरो खसेसँगै सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। केही बेरमा पहिरो पन्छाउने काम सुरु हुने जनाइएको छ। पहिरो खसेसँगै अत्यावश्यक सवारी साधन रोकीएका छन्। रासस

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.