www.tandavnews.com
Fact ~ In search of truth

पोखरा वडा नं ९ र ४ का ब्यक्तिमा संक्रमण पुष्टि, गण्डकीभर थपिए ११ संक्रमित

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरमा थप ३ ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा वडा नं ९का २ जना महिला र वडा नं ४का एक पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, बागलुङमा १, तनहुँमा २, स्याङ्जामा २ र नवलपरासी बर्दघाट सुस्ता पुर्वमा ३ जनामा संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशको कुल कोरोना संक्रमितको संख्या एक हजार ८ सय ५५ पुगेको निर्देशनालयले जनाएको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.