www.tandavnews.com
Fact ~ In search of truth

सिन्धुपाल्चोक पहिरो : मृतकको सङ्ख्या ३२ पुग्यो, सात अझै बेपत्ता

चौतारा ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।

आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको सङ्ख्या ३२ पुगेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । पहिरामा बेपत्ता अन्यको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा खोजी भइरहेकोे प्रहरीले जनाएको छ । पहिरामा ३७ घर क्षति भएका र ३९ जना बेपत्ता भएका थिए ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.