www.tandavnews.com
Fact ~ In search of truth

कोरोना @ पोखरा : मालपोत र बैंकका कर्मचारीमा संक्रमण, कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको पनि पोजेटिभ

पोखरा ।

पोखरा महानगरमा मालपोत र बैंकका कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शनिबार यस समाचार तयार पार्दासम्म १६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

पछिल्लो २ दिनयता संकलित स्वाब प्रदेश क्षयरोग उपचार केन्द्रस्थित ल्याबमा परीक्षण गर्दा १० पुरुष र ६ महिलामा कोरोना पोजेटिभ देखिएको हो । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार १६ जना संक्रमितमध्ये ३ जना प्रहरी, २ जना बैंकका र १ जना मालपोतका कर्मचारी हुन् । बाँकी १० जना पनि संक्रमितको सम्पर्कका व्यक्ति हुन् ।

Batas

संक्रमित ३ प्रहरी गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखरामा कार्यरत छन् । गत बिहीबार पनि उक्त गणका १६ जनामा कोरोना पुष्टि भएको थियो ।

यस्तै, शनिबार संक्रमित ६ वर्षे बालकलाई उनकै बाबुआमाबाट कोरोना भाइरस सरेको पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तिमा बालिका उल्लेख भए पनि उनी बालक हुन् ।

निर्देशनालयले विहान जारी गरेको विज्ञप्तिमा पोखरा महानगरपालिका वडा नम्बर ९ मा ६ बर्षे बालक र ६१ बर्षे महिला संक्रमित भएको जानकारी दिएको थियो । यी दुई जना एकै परिवारका हजुरआमा र नाति हुन् ।

उनीहरु दुवै जना कन्ट्याक ट्रेसिङमा परेका हुन् । गत भदौ १ मा पोखरा महेन्द्रपुल स्थित एक मोवाइल पसलका सञ्चालक दम्पतीमा कोरोना भाइरस पुष्टी भएको थियो । ३५ बर्षीय पुरुष र उनकी श्रीमतीमा कोरोना भाइरस पाइएपछि उनीहरुको ६ बर्षे छोरा र ६१ बर्षे आमाको पनि स्वाब संकलन गरिएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.