www.tandavnews.com
Fact ~ In search of truth

कोभिड-१९ अपडेट : पछिल्लो २४ घण्टामा देशभर ६ सय ३४ संक्रमित, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट ६ सय ३४ संक्रमित भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार देशभरका प्रयोगशालामा १२५१९ को पीसीआर परीक्षण गर्दा ६ सय ३४ संक्रमित भेटिएका हुन् ।

२४ घण्टामा १२६ डिस्चार्ज भएका छन् । हालसम्म १८३५० जना कोरोनामुक्त भएका छन् ।

Batas

नयाँ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१११७ पुगेको छ ।

काठमाडौं उपत्यकामा २१६ जना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा १६० ललितपुरमा ६ र भक्तपुरमा ५० जना छन् ।

बितेको २४ घण्टामा सुनसरीकी ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु भएको छ । प्रवक्ता प्रा.डा. गौतमका अनुसार पर्सामा ३, सुनसरीमा २ तथा बारा, सिरहा, मकवानपुर र भक्तपुरमा एक–एक जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.