www.tandavnews.com
Fact ~ In search of truth

थपिएका संक्रमित कास्की सेवा हस्पिटलका नर्स र बिरामी

पोखरा
ताण्डव न्यूज ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज बिहानको अपडेटमा पोखरा महानगरमा २ जनामा संक्रमण पुष्टि भएको जनायो । यद्यपी उनिहरु कुन वडाका भन्ने खुलाएन ।

पोखरा महानगरपालिका स्रोतका अनुसार कास्की सेवा हस्पिटलमा आइसियुमा उपचाररत एक बिरामी र नर्सलाई पोजेटिभ देखिएको हो । संक्रमित ३० वर्षीया नर्स वडा नम्बर १४ की हुन् भने संक्रमित ३२ वर्षकी बिरामी महिला पोखरा १२ की हुन् ।

Batas

तनहुँबाट उपचार गराउन आएकी ५० वर्षीया महिलामा १ भदौमा कोरोना पुष्टि भएको थियो । ती महिलाको उपचारकै क्रममा अस्पतालमै मृत्यु भएको थियो । त्यसपछि त्यहाँका स्वास्थ्यकर्मी, कर्मचारी र बिरामीमा परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको हो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.