www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा निषेधाज्ञा नहटाउ–काँग्रेस

पोखरा ।

नेपाली काँग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा आज जारी विज्ञप्तिमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल निषेधाज्ञा नहटाउन माग गरिएको हो ।

निषेधाज्ञाका कारण जनजीवन कष्टकर भएपनि स्वास्थ्यका दृष्टिकोणले अझ कडाइ गर्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । सरकार गैरजिम्मेवार बनिरहेको आरोप लगाउँदै काँग्रेसले महामारीका कारण भयावह अवस्था सिर्जना हुने उल्लेख गर्दै जनतालाई उचित विकल्प दिएर निषेधाज्ञा जारी राख्नुपर्ने भनेको छ ।

Batas

काँग्रेसले शुरुआतको अवस्थामा नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना उपचार अस्पताल बनाउन नहुने भनेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा कोरोना उपचार केन्द्र सञ्चालनमा आएको स्मरण गर्दै विज्ञप्तिमा केन्द्रमा बिरामीको सुविधासहित पर्याप्त उपचारको व्यवस्था मिलाउन र क्षमता बढाउनका लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रदेश सरकार जनप्रतिनिधिको सुविधा बढाउन र स्थानीय सरकारका जनप्रतिनिधि आर्थिक अनियमिततामा लिप्त रहेको, विभिन्न संंघसंस्थाले उपलब्ध गराएको आर्थिक सहायताको उपयोग नगरिएको भन्दै विज्ञप्तिमा त्यसबाट जनतालाई राहत उपलब्ध गराउन, आर्थिक सहायता र संकलित तथा वितरित राहत विवरण सार्वजनिक गर्न माग गरिएको छ ।

निषेधाज्ञाको समयमा जनताका समस्याप्रति जिम्मेवार बन्न प्रदेश र स्थानीय सरकारलाई काँग्रेसले आग्रह गरेको छ । संक्रमणबाट जोगिन आवश्यक सावधानी र सतर्कता अपनाउन अपिल गर्दै काँगेसले कोरोना संक्रमणका कारण उपचार गराई रहेकाको स्वास्थ्यलाभको कामना र निधन भएकाप्रति श्रद्वाञ्जलि तथा परिवारजनमा समवेदना व्यक्त गरेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.