www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा ‘टोले गुण्डा’ ईश्वरको अवैध धन्दा ! ‘प्रहरी र स्थानीय तहसँग सेटिङ’, स्थानीय त्रासमा

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

तनहुँको ‘टोले गुण्डा’ ईश्वरकुमार श्रेष्ठले प्रहरी र स्थानीय तहसँग सेटिङ मिलाएर अवैध धन्दा सञ्चालन गरेको आरोप लागेको छ ।

श्रेष्ठले शुक्लागण्डकी–११ र १२ मा विचमा रहेको क्याङ्गदी खाेलावाट अवैध रुपमा वालुवा उत्खनन गरी निकास गरेको स्थानीय बताउँछन् । शुक्लागण्डकी नगरपालिका–५ वेलचौताराका ‘टोले गुण्डा’ श्रेष्ठले डोजर लगाएर उत्खन्न गरी तीन वटा ट्याक्टरमा ओसारेको एक स्थानीय स्रोतले नाम नबताउने सर्तमा जानकारी दिए । विशेष गरी साँझपख उत्खनन् गरी निकास गर्ने काम गरेको स्रोतको भनाई छ ।

Batas

‘ईश्वरले थाहा पायो भने घरमै आएर मार्छ, त्यसले वेला वेलामा मान्छे कुट्छ तर नेताको फोर्स लगाएर मिलाउछ, प्रहरी हेरेको हेरै हुन्छ,’ स्रोतले भन्यो, ‘यो टोले गुण्डाको सबैतिर सेटिङ छ । एक हप्ता अघि यही अवैध वालुवा काण्डको बारेमा एक जनाले प्रहरीकहाँ फोन ग¥यो । त्यो फोन गर्ने मान्छेको नम्बर ईश्वर गुण्डाकहाँ पुगेछ, अनि मान्छे डराउदैनन त ? एक हप्ताअघि लगातार काम ग¥यो । अहिले दुई–तीन दिन भयो काम गरेको देखिदैन् । ’

‘टोले गुण्डा’ ईश्वर यसअघि पनि विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको एक प्रहरी अधिकृतले बताए । यस अघि २०७४ सालको असारतिर पोखरामा हतियार(पेस्तोल) सहित ६/७ जना र ‘टोले गुण्डा’ श्रेष्ठ पक्राउ परेका थिए । त्यो समूहको नाईकेनै ‘टोले गुण्डा’ श्रेष्ठ थिए । उनीहरुलाई लेकसाइडमा वडा प्रहरी कार्यालय वैदामको टोलीले पक्राउ गरेको थियो । त्यति मात्र होइन त्यो वेला तनहुँबाट ज्यान मार्ने उद्योगमा सजाय भोगेर निक्लिएको ३ दिनमा ईश्वर पक्राउ परेका थिए । त्यो भन्दा अघि पनि तनहुँमै हातहतियारसहित उनी पक्राउ परेका थिए ।

नाइस कन्स्ट्रक्सन प्रालिको नाममा अवैध धन्दा चलाउदै आएको नगरपालिकाका एक कर्मचारीले बताए । ‘यो गुण्डासँग पुलिस, नेता, वडा अध्यक्ष समेत साथमा छ,’ कर्मचारीले भने, ‘त्यो खेलमा अवैध उत्खन्न हुन्छ भन्ने सबैलाई थाहा छ तर कसैले केही गर्न सक्दैन् । यति वेला कुनै पनि घाट खोला सञ्चालनमा छैन । नगरपालिका, वडा र प्रहरीले यती वेला कडाईका साथ रोक्नु पर्ने हो तर किन सबै मौन छन् ? भन्ने गम्भिर प्रश्न हो ।’

खोलाबाट उत्खनन गरेर निकासी गरेकाे गुनासाे आएको शुक्लागण्डकी–११ का अध्यक्ष दलबहादुर थापाले बताउँछन् । ‘ अहिले कुनै पनि नदीबाट उत्खन्न गरेर वालुवा निकासी गर्न पाइदैन,’ उनले भने, ‘केहि दिनअघि खोलाबाट रातिराति वालुवा निकासी भएको भनी गुनासो आएको थियो ।’

कुनै पनि अवैध गतिविधि हुन नदिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख तथा एसपी अरुण पौडेलले ताण्डव न्यूजसँग बताए । ‘खोलाबाट अवैध उत्खनन र निकास भएको भन्ने वल्ला सूचना पाएँ तर यसअघि पनि मैले यस विषयमा कडा निर्देशन दिएको छु,’ एसपीले भने, ‘यदी त्यस्तो गतिविधि गरेको पाइएमा तुरुन्तै पक्राउ गरी कारवाहीको दायरमा ल्याउछौं ।’

ईश्वर श्रेष्ठले अहिले त्यस्तो कुनै काम नगरेको दाबी गरे । ‘मैलै कहाँ उत्खनन गरे ? कस्ले भन्यो ?’ उनले भने, ‘लकडाउनको बेला कस्ले उत्खनन गर्छ र ? ’ बालुवा उत्खननको त्यस्तो कुनै घटना नरहेको श्रेष्ठ बताउँछन् । ‘मैले यो बेला उत्खनन गरे भए इलाका प्रहरी कार्यालय, मेयरसाबहरु हुनुहुन्छ त हेर्नको लागि,’ उनले भने, ‘सबै जिम्मेवार निकायहरु छन् यहाँ हेर्ने, उनीहरुसँग तपाईले बुझ्न सक्नुहुन्छ ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.