www.tandavnews.com
Fact ~ In search of truth

पोखराःपञ्चमी नुहाउन गएकी २४ वर्षीया महिलाको खोलाले बगाउँदा मृत्यु

पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ ।

आज विहान गर्भवती २४ वर्षीया दीपा गौतमलाई हरितालिका तीजको पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए । कालीमाटी र नागीको बीचबाट बगेर मर्दीमा कस्युङ खोला मिसिएको छ ।

Batas

खोलाले बगाएपछि स्थानीयबासीले खोजतलासको क्रममा गौतमको शव घटनास्थलबाट अन्दाजी एक ७०० मिटर तल नदी किनारमा फेला परेको थियो । घटना लगत्तै प्रहरी चौकी घाचोकबाट प्रहरी घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखरा–२४ कास्कीकोट माइती भएकी उनको साढे दुई वर्षको छोरी छिन् ।रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.