www.tandavnews.com
Fact ~ In search of truth

लमजुङमा मानिससँगको घम्साघम्सीमा चितुवा मारियो

लमजुङ ।

बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ । बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो ।

थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै परेको थियो । भिडन्तमा थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । अहिले घाइतेको प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको बताइएको छ ।

Batas

मृत चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ । ‘वन ऐनअनुरुप उहाँहरुले व्यवस्थापन गर्नुहुनेछ’, प्रजिअ शर्माले भने । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.