www.tandavnews.com
Fact ~ In search of truth

सुनको मूल्यमा ४०० ले गिरावट

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पहेँलो धातुको मूल्यमा प्रतितोला ४०० ले गिरावट आएको छ ।

महासंघले छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४०० तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० निर्धारण गरिएको छ । शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ३०० कायम थियो ।
पहेँलो धातुसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी प्रतितोला २५ ले घटेर एक हजार ३४५ पुगेको महासंघले जनाएको छ ।   रासस

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.