www.tandavnews.com
Fact ~ In search of truth

पोखराका एक ट्याक्सी चालक र महिला सहित गण्डकीमा थपिए ९ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरका दुई सहित गण्डकी प्रदेशमा ९ जना कोरोना संक्रमित थपिएका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १६ का एक महिला र एक पुरुष सहित नवलपरासीका ६ जना र गोरखाका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

संक्रमित हुनेमा ९ वर्षदेखि ६५ वर्ष उमेर समुहका रहेका छन् । सबै संक्रमित व्यक्तिहरु कन्ट्याक्ट टे«सिङमार्फत पहिचान भएका हुन । पोखरा महानगरपालिका १६ का संक्रमित पुरुष ट्याक्सी चालक रहेको बताइएको छ ।

यसअघि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज बिहानको अपडेटमा पोखरा महानगरमा २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।पोखरा महानगरपालिका स्रोतका अनुसार कास्की सेवा हस्पिटलमा आइसियुमा उपचाररत एक बिरामी र नर्सलाई पोजेटिभ देखिएको हो । संक्रमित ३० वर्षीया नर्स वडा नम्बर १४ की हुन् भने संक्रमित ३२ वर्षकी बिरामी महिला पोखरा १२ की हुन् ।

तनहुँबाट उपचार गराउन आएकी ५० वर्षीया महिलामा १ भदौमा कोरोना पुष्टि भएको थियो । ती महिलाको उपचारकै क्रममा अस्पतालमै मृत्यु भएको थियो । त्यसपछि त्यहाँका स्वास्थ्यकर्मी, कर्मचारी र बिरामीमा परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८७९ पुगेको छ । भने कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १६११ रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery