www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा जारी निषेधाज्ञा थप ५ दिन लम्बियो

पोखरा
ताण्डव न्यूज ।

 

पोखरामा जारी निषेधाज्ञा ५ दिन लम्बिने जिल्ला प्रशासन कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्लाको कोभिड(१९ क्राइसिस् मेनेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले निषेधाज्ञा थप पाँच दिन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभर जारी गरेको निषेधाज्ञा आज राति १२ बजेपछि सकिदैछ ।अब थपिएको निषेधाज्ञा आगामी भदौँ १२ गते मध्यरात सम्म कडाइका साथ लागु हुने प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

निषेधाज्ञाको बेला अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय कास्कीले आग्रह गरेको छ ।

पहिलो चरणको निषेधाज्ञामा पोखराका बैंक तथा वित्तिय संस्था बन्द रहेकोमा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड तथा पूर्वसावधानी पालना गरि सेवाग्राहीको मागका आधारमा वित्तिय संस्थाले न्युन कर्मचारीको उपस्थितीमा सेवा प्रवाह गर्न पाउने प्रशासन कार्यालय पोखराले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पोखरा महानगरपालिकाको कोरोना रोकथाम मुल समितिको आज बसेको बैठकले कोरोना संक्रमण दिनानुदिन बढिरहेको अवस्थामा महानगरमा थप ५ दिन निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop