www.tandavnews.com
Fact ~ In search of truth

देशभर थप ८१८ जनामा कोरोना पुष्टि

काठमाडौं ।

मुलुक भर पछिल्लो २४ घण्टामा ८१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका प्रवक्ता जागेश्वर गौतमले थप ८१८मा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै देशभर ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६६ जनामा कोरोनाका संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा २ सय ८१ जना डिस्चार्ज भएका छन् । योसंगै अहिलेसम्म नेपालमा कोरोनामुक्त भएर १८ हजार ६ सय ३१ जना घर फर्किएका छन् ।

Batas

पछिल्लो तथ्यांक अनुसार नेपालमा थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.