www.tandavnews.com
Fact ~ In search of truth

यसपाली निषेधाज्ञामा बैंक तथा निर्माण कार्य सञ्चालन गर्न पाइने

पोखरा
ताण्डव न्यूज ।

यसपालीको निषेधाज्ञामा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड तथा पूर्वसावधानी पालना गरि बित्तिय संस्था,निर्माण कार्य तथा उद्योगहरु सञ्चालन गर्न पाइने भएको छ ।

Batas

सेवाग्राहीको मागका आधारमा वित्तिय संस्थाले न्युन कर्मचारीको उपस्थितीमा सेवा प्रवाह गर्न पाउने प्रशासन कार्यालय पोखराले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पूर्वसावधानीको पूर्ण पालना गरि सरकारी कार्यालयहरु एवम् अत्यावश्यक सेवा तथा कार्य सञ्चालन गर्ने अन्य कार्यालय तथा संस्थाहरुबाट न्युनतम कर्मचारी उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले सेवा प्रवाहको व्यवस्था मिलाउन आग्रह गरिएको छ । यसअघिको निषेधाज्ञामा बैंक तथा वित्तिय संस्था पनि बन्द रहेका थिए ।

पोखरामा जारी निषेधाज्ञा ५ दिन लम्बिएको छ । थपिएको निषेधाज्ञा आगामी भदौँ १२ गते मध्यरात सम्म कडाइका साथ लागु हुने प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

निषेधाज्ञाको बेला अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय कास्कीले आग्रह गरेको छ ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.