www.tandavnews.com
Fact ~ In search of truth

शेयर बजारमा देखिएन निषेधाज्ञाको असर, नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौ ।

कोरोनाको संक्रमण फैलिएपछि सरकारले काठमाडौँ उपत्यकालगायत क्षेत्रमा निषेधाज्ञा जारी हुँदा दैनिक जीवन कष्टकर भएपनि धितोपत्र बजारमा भने नकारात्मक असर परेको देखिएन ।

अधिकांश लगानीकर्ताले विद्युतीय माध्यमबाटै शेयर कारोबार गरेका कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै १३ अङ्कले बढेको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२।७७ बिन्दुले बढेर एक हजार ४१०।३४ मा पुगेको छ । यस्तै कारोबार पनि आज रु। एक अर्ब माथि भएको छ ।

Batas

कूल १८४ कम्पनीको २४ लाख ९८ हजार ६६२ कित्ता शेयर एक अर्ब १० करोड ८० लाख ५३ हजार ५९७ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने उकालो लागेको छ ।

व्यापार २.५६, जलविद्युत् १।३८ र सामूहिक लगानी कोष ०.०३ ले घटेको छ । यस्तै बैंकिङ ४.८, होटल २३.९४, विकास बैंक ७.९३, वित्त ६.०३, निर्जीवन बीमा २३३.२२, उत्पादन ८८.२३, अन्य ४.१४, लघुवित्त २३.६१ र जीवन बीमा १७३.८४ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज नेको इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १४ करोड ६४ लाख तीन हजार ८१९ बराबरको कारोबार भइ शीर्ष स्थानमा रह्यो । यस्तै, शिवम् सिमेन्ट सात करोड १९ लाख ८७ हजार ३८१, नेपाल पुनरबीमा कम्पनी ६ करोड ६८ लाख ११ हजार ३३०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ५ करोड ७४ लाख ५६ लाख ८५, प्रभु इन्स्योरेन्स कम्पनी चार करोड २४ लाख ९७ हजार ५५१ र नेपाल इन्स्योरेन्स कम्पनी तीन करोड ५३ लाख ३९ हजार १४ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहेका छन् ।

स्टकका अनुसार समृद्धि फाइनान्स ९.७७, नेको इन्स्योरेन्स ७.२४, तारागाउँ रिजेन्सी होटल ६.५०, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरधनीले ६.३७ प्रतिशतले कमाए । पञ्चकन्या माइ हाइड्रो पावर ३.७०, यूनियन हाइड्रोपावर ३.२८, साधना लघुवित्त २.७२, साञ्जेन जलविद्युत कम्पनी २.१९ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.