www.tandavnews.com
Fact ~ In search of truth

भारतमा १६ दिनमा २० लाख थप संक्रमित

काठमाडौं ।

कोरोनाभाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा पछिल्लो १६ दिनमा २० लाख संक्रमित थपिएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार जति पछि भयो, सङ्क्रमितको सङ्ख्या पनि त्यति नै बढी भइरहेको देखिएको छ ।भारतमा कोरोनाभाइरसबाट कूल संक्रमितको संख्या आइतबारसम्ममा तीस लाख नाघिसकेको छ । तीमध्ये ७४.९० प्रतिशतलाई निको भइसकेको छ ।

Batas

बाँकी केहीको मृत्यु भएको छ भने केहीको अहिले पनि उपचार भइरहेको छ । उनीहरु अझै पनि संक्रमित अवस्थामै रहेका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २२ लाख ८० हजार ५६६ जना संक्रमणमुक्त भइसकेका हुन् ।पछिल्लो एकैदिनमा भारतमा ६९ हजार २३७ जना संक्रमित भएका छन् भने ९१२ जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या ५६ हजार ७०६ पुगेको मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाबाट संक्रमित भएकामध्ये १.८६ प्रतिशतको मृत्यु भएको देखिएको छ ।

भारतमा अहिलेपनि सात लाख सात हजार ६६८ जना संक्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्यांक छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.