www.tandavnews.com
Fact ~ In search of truth

विश्वभर संक्रमितको संख्या २ करोड ३३ लाख, ८ लाख ६ हजारको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड ३३ लाख १८ हजार ४ सय १५ पुगेको हो। हालसम्म ८ लाख ६ हजार ६ सय ३० जनाको मृत्यु भइसकेको छ भने १ करोड ५० लाख २७ हजार ६ सय ६२ जना निको भएका छन्।

अमेरिकामा ५६ लाख ९९ हजार ८ सय ४ जना संक्रमित भएका छन् भने १ लाख ७६ लाख ७ सय ६५ जनाको मृत्यु भएको छ। यस्तै, ब्राजिलमा ३५ लाख ८२ हजार ३ सय ६२ संक्रमित र १ लाख १४ हजार २ सय ५० को मृत्यु, भारतमा ३० लाख ४४ हजार ९ सय ४० संक्रमित र ५६ हजार ७ सय ६ को मृत्यु, रुसमा ९ लाख ५४ हजार ३ सय २८ संक्रमित र १६ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ।

यस्तै, मेक्सिकोमा मृतकको संख्या ६० हजार २ सय ५४ पुगेको छ भने त्यहाँ ५लाख ३३ हजार १ सय ३ जना संक्रमित छन्।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.