www.tandavnews.com
Fact ~ In search of truth

पोखरा -३२ आमेआहाल स्थित प्रतिक्षालयमा महिलाको शव भेटियो

पोखरा,
ताण्डव न्यूज ।

पोखराको एक प्रतिक्षालयमा महिलाको शव भेटिएको छ ।

पोखरा ३२ लामेआहाल स्थित पृथ्वीराजमार्गसँग जोडिएको प्रतिक्षालयमा महिलाको शव बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

फेला परेको मृतक महिला अन्दाजी ३८-४० वर्ष जस्तो देखिने प्रहरीले जनाएको छ । मृतक महिलाको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय डाँडाकोनाक टोलीले शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ ।

प्रहरीको अनुसार मृतक महिलाको मुख र नाकमा रगत देखिएको छ । शवको प्रकृति शंकास्पद रहेको र घटनाबारे पोस्टमार्टम पछि मात्र भन्न सकिने प्रहरीले बतायो ।

घटनाबारे अनुसन्धान भइरहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.