www.tandavnews.com
Fact ~ In search of truth

संक्रमितलाई भेदभाव नगरी सहयोग गर्न आग्रह

पोखरा ।

पोखरा महानगरपालिकामा नेपाली काँग्रेसका सचेतक एवम् दलका नेता रामराज लामिछानेले कोरोना संक्रमितलाई भेदभाव नगरी सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।

उनले आज विज्ञप्ति जारी गर्दै आपतविपद्मा एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउँदै मानवीयताको भावनाका साथ सहयोग गर्न सबैमा आग्रह गरे । आफू र आफ्नो परिवारमा कोरोना लाग्दा जस्तो माया र सहयोग अरुका लागि पनि आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

Batas

कोरोनाबाट संक्रमित हुने र निको हुनेक्रम निरन्तर चलिरहेको भन्दै उनले यसका नाममा टोल र समाजमा फैलिएको त्रास गलत भएको उल्लेख गरे । विश्वमा ठूलो पदधारण गरेका व्यक्ति पनि संक्रमित भई निको भएर घर फर्केको उल्लेख गर्दै उनले यसले ठूलो वा सानो केही नभन्ने हुँदा घरमा सुरक्षित रुपमा बस्न पनि सबैमा अनुरोध गरे । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.