www.tandavnews.com
Fact ~ In search of truth

६९५ किलो अवैध जंगली जडिबुटी सहित लमजुङकी सिद्धि माया पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

अवैध जंगली जडिबुटी सहित एक जना महिलालाई जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला लमजुङ बेसिशहर नगरपालिका वडा नं ०७ बस्ने वर्ष ३८ कि सिद्धि माया तामाङ रहेकी छिन् । घरमा अवैध रूपमा जङ्गली जडिवुटी लुकाई छिपाई संकलन गरी राखेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष प्रहरी टोलीले निजको घरमा खानतलासी गर्दा विभिन्न प्रजातिको अवैध जंगली जडिबुटी फेला पारेको हो ।

Batas

पक्राउ परेकी घरधनि सिद्धि माया तामाङको घरबाट प्रहरीले अवैध जडिबुटी डालिङ (गुरुङ भाषामा टलिट) ४७६.१ के.जी, वन लसुन १५४ के.जी, कुड्की २४.६ के.जी, जटामसी १४.९ के.जी, सुगन्धवाल १८.३ के.जी, सतुवा ४.४ के.जी, वन आलु २.८ के.जी.गरी जम्मा ६९५.१ के.जी बरामद गरेको छ ।

बरामद भएका उक्त जडिबुटी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.