www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा दुई सुरक्षाकर्मी सहित ७ मा कोरोना, प्रदेशमा थपिए १३ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाका ७ सहित गण्डकी प्रदेशमा १३ जना संक्रमित थपिएका छन् ।

Batas

संक्रमित पोखरा महानगरपालिका वडा नम्बर ४ का दुई ,५का दुई र ७,१०,१४ वडाका एक एक जना र तनहुँका ६ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

संक्रमित हुनेमा पोखराका ४ महिला र ४ पुरुष, तनहुँका ४ महिला र दुई पुरुष रहेका छन् । संक्रमित ९ वर्ष देखि ६३ वर्ष सम्मका उमेर समुहका रहेका छन् ।

पोखरा वडा नम्बर ४ का दुवै पुरुष सुरक्षाकर्मी रहेका छन । पोखरा १० का पुरुष दुबईबाट फर्किएको जनाइएको छ । भने अन्य बाँकी सबै जना कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट पहिचान भएका हुन् ।

यस अघि पोखरामा बिहानै ४ जना संक्रमित थपिएका थिए । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९०८ पुगेको छ । निको हुनेको संख्या १६३९ रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.