www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका ११ वटै जिल्लामा सिडेनको समिती विस्तार

पोखरा,

ताण्डव न्यूज।

ईन्जिनियरिङको पेसागत संस्था सिडेनले गण्डकी प्रदेशका ११ वटै जिल्लामा समिती विस्तार गरेको छ ।

Batas

देश विकासको पहरेदरको रुपमा रहेको ईन्जिनियरिङको पेशागत संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनिर्यस नेपाल (सिडेन)ले प्रदेश समितीको निर्णय अनुसार प्रत्येक जिल्लामा समिती विस्तार गरेको हो ।

जसमा कास्की जिल्लामा ईन्जिनियर शिरष बास्तोला, तनहँमा तारापती भट्टराई, बागलुङमा नवीन सापकोटा, गोरखामा सुमन गिरी, लमजुङमा दिपेन्द्र रावल, स्याङ्जामा सुमन पाण्डे, पर्वतमा मन्जु सिलाकार, म्याग्दीमा अमिर श्रेष्ठ, मुस्ताङमा सुवास घिमिरे , मनाङमा सबिन धिताल र नवलपुरमा बिनोद अर्यालको नेतृत्वमा कमिटी विस्तार भएको हो ।

संगठन विस्तार सहज रुपमा भएको र आगामी दिनमा संस्थालाई चलाएमान र मजबुत बनाउन संगठन बिस्तार गरिएको गण्डकी प्रदेश सभापति सुरेन्द्र पाण्डेले जानकारी दिए ।

सिडेन गण्डकीका सचिव इन्जिनियर सन्तोष जिसीले समुन्नत समाज निर्माण गर्न अग्रणी भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । आउने दिनहरुमा सिडेन गण्डकीलाई अझै शसक्त बनाउन कार्यसमिती विस्तार गरिएको बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.