www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाले नछोएका यी १० देश

पोखरा,
ताण्डव न्यूज ।

कोभिड–१९ अर्थात महामारीको रुप लिइरहेको कोरोना भाइरसका कारण विश्व यतिबेला आक्रान्त बनिरहेको छ ।

२०१९–डिसेम्बर ३१ तारिखमा चीनको वुहानमा कारण पत्ता नलागेका निमोनियाका २७ केस भेटिएको थियो । चीनको वुहान नगर स्वास्थ्य समितिले यो कुरा डब्लुएचओमा खबर गरे पश्चात २०२० जनवरी १ मा डब्लुएचओले पहिलो पटक चीनको वुहानमा नयाँ सरुवा रोग फैलिएको समाचार सार्वजनिक गर्यो ।

Batas

जनवरी ७ मा चिनियाँ पदाधिकारीले नयाँ भाइरस पत्ता लागेको भन्दै उक्त भाइरसलाई नोबल कोरोना भाइरस नाम दिए । यही भाइरसका कारण जनवरी ११ तारिखमा चीनमा पहिलो कोरोना भाइरस संक्रमितको निधन भयो ।

विस्तारै भाइरसबाट संक्रमित बन्नेको संख्या र ज्यान गुमाउनेको संख्या बढ्न थाल्यो । कोरोना चीनको वुहानमा मात्रै सिमित रहेन । भाइरस विश्वव्यापी रुपमा फैलिन थाल्यो ।

विश्वमा शक्तिशाली कहलिएका अमेरिका, अष्ट्रेलिया लगायत अधिकांश राष्ट्रको पनि कोरोनाको अघि केही सिप लागेन । कोभिड–१९ ले विश्वका अधिकांश देशलाई प्रभावित परिरहँदा यी १० देशलाई भने कोरोनाले अझै छुन सकेको छैन ।

संयुक्त राष्ट्रसंघका पूर्ण सदस्य रहेका देश पलाउ,माईक्रोनेशिया, मार्शल आइलन्ड्स, नाउरु, किरीबाटी, सोलोमन र्आलन्ड्स,टुभालु, समोआ, भानुआटु र टोङगा कोरोनाको महामारीबाट मुक्त रहेका छन् ।

कोरोना भाइरसका कारण विश्वमा हाल सम्म ८ लाख १७ हजार ३३ जनाले ज्यान गुमाईसकेका छन भने दुई करोड ३८ लाख ३० हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । संक्रमित मध्ये हालसम्म एक करोड ६३ लाख ७२ हजार ९६२ व्यक्ति कोरोना मुक्त भएका छन् ।

यता नेपालमा ३२ हजार बढी संक्रमित रहेका छन् । हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ५७ रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.