www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जा जिल्ला अस्पताल आजबाट पुनः सञ्चालनमा

स्याङ्जा ।

गत मंगलबारदेखि सिल गरिएको स्याङ्जा जिल्ला अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको छ ।

अस्पतालमा उपचार गरिएका जिल्ला कारागारका एक कैदीबन्दीमा कोरोना पुष्टि भएसँगै एक साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सुशील मरासिनीले बताए ।

Batas

‘यहाँ अस्पतालमा उपचार गरिएका ६० वर्षीय एक कैदीबन्दीमा कोरोना पुष्टि भएको थियो’ मेसु मरासिनीले भने, ‘कन्ट्याक ट्रेसिङका आधारमा जिल्ला अस्पताल स्याङ्जामा गरिएको पिसिआर परीक्षणमा ७१ जनाकै रिपोर्ट नेगेटिभ आएपछि अस्पतालको सेवा पुनः सञ्चालन गरिएको हो ।’

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई सेल्फ क्वारेन्टिनमा बस्ने गरी गत मंगलबारबाट बन्द गरिएको सेवा अस्पतालको निर्मलीकरणपछि सञ्चालन गरिएको मेसु मरासिनीले बताए ।

कारागारमा बस्दै आएका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितका उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मीहरु, अस्पतालका बिरामी, बिरामी कुरुवा, क्यान्टिन सञ्चालक, सुरक्षाकर्मी, फार्मेसीलगायतको कन्ट्याक ट्रेसिङ गरी ७१ जनाको पिसिआर परीक्षणका लागि पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.