www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार सुमन ढुंगानामाथि प्रहरीले गरेको दुव्यर्वहार प्रति महासंघको भर्त्सना

पोखरा ।

एभिन्यूज टेलिभिजन गण्डकी प्रदेश प्रमुख सुमन ढुंगानामाथि प्रहरीले गरेको दुव्र्यवहार प्रति पत्रकार महासंघ कास्कीले भर्त्सना गरेको छ ।

रिपोर्टिङका लागि आज बिहान १०ः३० बजे सृजनाचोकमा रहेको कार्यालयमा आउने क्रममा बुद्धचोकमा ड्युटिमा खटिएका ट्राफिक प्रहरीबाट दुव्यर्वहार भएको र उक्त दुव्यर्वहार प्रति गम्भीर ध्यानाकर्षण भएको पत्रकार महासंघ कास्कीका सचिव राम प्रसाद तिमिल्सिनाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Batas

संकटको घडीमा आफ्नो कर्तव्यय निर्वाहको शिलशिलामा सडकम निस्किएका पत्रकारलाई निरुत्साहीत गर्न खोज्नुले स्वतन्त्र प्रेस माथि आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकारको परिचय पत्र देखाउँदा देखाउँदै पनि प्रहरीले अनावश्यक रुपमा अपराधीलाई झै गरिकेरकार गर्ने, कोरोना संक्रमणका बेला अग्रपंक्तिमा खटिएर काम गर्ने पत्रकारहरुलाई दुरुत्साहीत गर्ने कार्य गरेकोले यस्तो कार्य तत्काल बन्द गर्न, आगामी दिनमा यस्ता घटना नदोहोर्याउन र स्वतन्त्र प्रेसको सम्मान गर्न महासंघ कास्कीले प्रहरी प्रशासनसँग आग्रह गरेको छ ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.