www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीःकास्कीका २ र लमजुङका १७ आर्मी सहित थपिए २३ संक्रमित

पोखराका संक्रमित साई अर्चना अस्पतालका कर्मचारी

पोखरा,
ताण्डव न्यूज ।

कास्कीका २ सहित गण्डकी प्रदेशमा २३ जना कोरोना संक्रमित थपिएका छन् ।

Batas

पोखरा महानगरपालिका वडा नम्बर ११का एक पुरुष र कास्की मादी गाउँपालिका वडा नम्बर ७ का एक पुरुष सहित लमजुङका २० र नवलपरासीका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

पोखरा महानगर ११ का पुरुष साई अर्चना अस्पतालमा कार्यरत रहेका छन् भने मादी गाउँपालिकाका संक्रमित दुबईबाट आएका हुन् । उता लमजुङका एक संक्रमित ग्लोबल आई एम ई बैंकका कर्मचारी हुन् । अन्य १७ जना पुरुषहरु नेपाल आर्मी रहको बताइएको छ ।

बाँकी संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १९३६ पुगेको छ । निको हुनेको संख्या १६४३ रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.