www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा कोरोनाबाट थप तीनको मृत्यु, मृतकको संख्या १६७ पुग्यो

काठमाडौं ।

नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा मृतकको संख्या १६७ पुगेको छ ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

Batas

उता बाँकेमा कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै विराटनगर महानगरपालिकामा एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत महानगरपालिका–१५ की ४४ वर्षीया महिलाको मृत्यु भएको हो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.