www.tandavnews.com
Fact ~ In search of truth

अपडेटः लमजुङका ३ आर्मी र नवलपरासीका ६ गरी फेरि थपिए ९ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा फेरि ९ संक्रमित थपिएका छन् ।

Batas

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा प्रदेशका दुई जिल्ला लमजुङका ३ र नवलवरासीका ६ जना गरि ९ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

लमजुङका ३ संक्रमित पुरुषहरु नेपाल आर्मीमा कार्यरत रहेका छन् । उता नवलपरासीका २ संक्रमित भारतबाट आएको बताइएको छ भने अन्य कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट पहिचान भएका हुन् ।

यसअघि बिहान कास्कीका २ सहित गण्डकीमा २३ संक्रमित थपिएका थिए। यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १९४५ पुगेको छ । निको हुनेको संख्या १६४३ रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.