www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्य प्रमुखलाई संक्रमण पुष्टि भएपछि मनाङ जिल्ला अस्पताल सिल

मनाङ।

स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई संक्रमण पुष्टि भएपछि प्रमुख जिल्ला अस्पताल सील गरिएको छ ।

स्वास्थ्य प्रमुख नै संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष अधिकारीले जानकारी दिए। ‘मनाङका स्वास्थ्य प्रमुख र शिक्षकमा कोरोना संक्रमण देखिएको छ’, मेडिकल अधिकृत अधिकारीले भने ।

Batas

भरतपुर–१६ घर भई मनाङ ङिस्याङ गाउँपालिकाअन्तरगत पिसाङ आधारभूत विद्यालयमा कार्यरत शिक्षकमा पनि कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा मनाङका ४९ र ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको जनाएको थियो ।

अधिकृत अधिकारीका अनुसार दुवै संक्रमित गत साउन २० गते मनाङ प्रवेश गरेका हुन् । हालसम्म मनाङमा संक्रमितको संख्या पाँच पुगेको छ भने एक जना निको भइसकेका छन् । यही भदौ ७ गते संक्रमण पुष्टि भएका दुई शिक्षकको सम्पर्कमा आएका ११५ जनाको पिसिआर परीक्षणका लागि स्वाब नमूना संकलन गरिएकामध्ये आज दुई जनामा संक्रमण पुष्टि भएको हो ।

मनाङमा संक्रमित भेटिएका सबै बाहिरी जिल्लाबाट आई यहाँ कार्यरत कर्मचारी हुन् । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान र स्वाब संकलनको कार्यसमेत भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए ।

त्यस्तै सदरमुकाम रहेको चामे गाउँपालिकाले पनि गाउँपालिका र वडा कार्यालयबाट दिइने अत्यावश्यक बाहेका सेवाहरु यही भदौ १५ सम्मलाई स्थागित गरेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.