www.tandavnews.com
Fact ~ In search of truth

मनाङमा एक जना मात्र डाक्टर कहिलेसम्म ? भेन्टिलेटर पुग्यो, जनशक्ति खै ?

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज । 

पछिल्लो समय कोरोना संक्रमणको संख्या र विरामीको अवस्था हेदा स्वास्थ्य क्षेत्रमा धेरै जनशक्ति र भेन्टिलेटरको आवश्यक नपर्ला भन्न सकिदैन् । तर मनाङ जिल्लामा एक जना मात्र डाक्टर छन् । कोरोना संक्रमणको वेला अन्य समयमा भन्दा धेरै जनशक्ति आवश्यक पर्ने हो ।

तर मनाङमा भएका दक्ष जनशक्ति (डाक्टर) स्वास्थ्य निर्देशनालयका गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माले सरुवा गरेर पोखरा तानेको मनाङ अस्पतालका प्रमुख रहमत अन्सारीले ताण्डव न्यूजसँग फोन सम्पर्कमा गुनासो गरे । अहिले डाक्टर सन्तोष अधिकारीले त्यहाँ दैनिकी विरामी हेर्ने र कोरोना संक्रमितलाई हेर्न काम गरेका छन् । अन्सारीका अनुसार डाक्टर अधिकारीलाई एक्लै काम गर्न निकै गाह्रो भएको छ ।

Batas

त्यति मात्र होइन भेन्टिलेटर सम्बन्धी पनि गुनासो गरेको अन्सारीको भनाइ छ । भेन्टिलेटरको आवश्यक त्यति वेला पर्छ जब विरामीको अवस्था गम्भिर हुन्छ । विशेष गरि विरामीको आन्तरिक अंगले कम काम गर्छन् वा काम गर्न बन्द गर्छन् तब विभिन्न प्रकारको समस्या निम्तिने गर्छ । यसलाई नियन्त्रण गर्नका लागि लाईफ सपोर्ट सिस्टम वा भेन्टिेलेटरको सहयोग लिने गरिन्छ । भेन्टिलेटर बिरामीलाई निको पार्न र जिउँदो राख्नका लागि प्रयोग गरिन्छ ।

पछिल्लो समय कोरोनाको विरामी संख्या र उनीहरुलाई देखापरेको समस्या हेर्दा भेन्टिलेटर आवश्यक सामाग्री हो । तर भेन्टिलेटर मात्र पठाएर हुदैन् । त्यसलाई सञ्चालन गर्न दक्ष जनशक्तिको पनि उत्तिकै आवश्यक पर्छ । गण्डकी प्रदेशमा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्ने जिम्मा पाएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दुशर्माले यस अघि पटक–पटक सम्पूर्ण तयारी भएको दावि गर्दै आएका छन् । त्यति मात्र होइन उनले विभिन्न जिल्लामा भेन्टिलेटर पनि पठाएको बताउँछन् । तर ती भेन्टिलेटर देखाउनको लागि मात्र पठाइएको भन्दै प्रदेश सरकारले आलोचना खेप्नु परेको छ ।

हुन पनि मनाङ जिल्लाको अवस्था हेर्दा भेन्टिलेटर देखाउन मात्र पठाएको भन्ने पुष्टि हुन्छ । त्यति मात्र होइन भेन्टिलेटर पठाएको करिब डेढ महिना वितिसक्दा पनि सञ्चालनमा आएको छैन् । यता स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दुशर्माले भने तालिम दिएका दक्ष जनाशक्ति पठाएको दावि गर्छन् । पहिला दक्ष जनशक्ती तयार पारेर जिल्ला पठाइन्छ कि भेन्टिलेर पठाएको महिनौ पछि भनेर प्रश्न गर्दा निर्देशक डा. शर्मा गैर जिम्मेवारी जवाफ दिन्छन् ।

डा. शर्माले यसअघि केही डाक्टर र विज्ञको टोलीसँग पोखरामा सल्लाह लिएका थिए । डाक्टर तथा विज्ञहरुले समेत भेन्टिलेटर मात्र दिएर हुदैन दक्षजनशक्तिको पनि आवश्यक पर्छ भनेर सुझाव दिएका थिए । तर शर्माले सुझाव नलिई आफ्नो मनपरि गर्ने गरेको आरोप छ ।

ताण्डव न्यूजले मनाङ जिल्ला अस्पतालका प्रमुख रहमत अन्सारीसँग फोन मार्फत कुराकानी गर्दा जिल्लामा एक मात्र डाक्टर रहेको गुनासो गरे । त्यति मात्र होइन भेन्टिलेटर यत्तिकै थन्किएको सुनाए । ‘पटक–पटक गुनासो गर्दा समेत अझै डाक्टर आएका छैनन्,’ उनले भने, ‘एक जना मात्र डाक्टरले हुदैन् । भेन्टिलेटरको हकमा हामीलाई केही थाहा छैन् । एक दिन टोली आयो १० मिनेट त्यस सम्बन्धी जानकारी दियो, त्यसपछि हेलिकप्टर चडेर गयो । कसले चलाउने भेन्टिलेटर ? पोखरामा ३–४ घण्टाको लागि तालिम दियो भन्दैमा चलाउन सकिन्छ त ?’

दक्ष जनशक्ति मनाङ पठाउने निर्देशक डा.शर्माले बताउँछन् । ‘जनशक्ति भन्ने वित्तिकै तयार हुने होइन,’ रिसाउँदै उनले भने, ‘समय लाग्छ, हामीले मनाङमा पठाएका छौ केही समय लाग्छ ।’

भिडियो रिपोर्ट

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.