www.tandavnews.com
Fact ~ In search of truth

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

धनगढी ।

कोरोना भाइरस संक्रमणको पुष्टि भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका—११ का ४५वर्षीय पुरुषको आज मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मंगलबार निसर्ग अस्पताल धनगढीबाट पठाइएका उनको भन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जानकारी दिए । मृतको शव व्यवस्थापनका लागि नेपाली सेनालाई आग्रह गरिसकिएको श्रेष्ठले बताए ।

Batas

फोक्सो र कलेजो सम्बन्धी रोगले ग्रस्त भई निसर्ग अस्पताल धनगढीमा उपचार गराइरहेका उनलाई कोरोना संक्रमणको पुष्टि भएसँगै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालको आइसोलेशनमा २० जना कोरोना संक्रमित उपचारत रहेको र उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको जनाइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.