www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थपिए चार जिल्लाका ६ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाका एक सहित गण्डकी प्रदेशमा ६ संक्रमित थपिएका छन् ।

Batas

प्रदेशका ४ जिल्लाका ६ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । संक्रमित हुनेमा पोखरा महानगरपालिका १७ वडाका २८ वर्षीय पुरुष,बागलुङका २३ वर्षीया महिला, गोरखाका २२,३५ वर्षीय पुरुष,नवलपरासीका २४ र ५२ वर्षीया महिला रहेका छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९५२ पुगेको छ । यस अघि गण्डकी प्रदेशमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै आज मात्रै अहिले सम्म ३९ जना संक्रमित थपिएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.