www.tandavnews.com
Fact ~ In search of truth

पश्मिाञ्चल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको ज्यान गएको छ ।

Batas

पोखरा महानगरपालिका वडा नं ११ निवासी ३२ वर्षीय महिलाको उपचारको क्रममा आज बिहान ८ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सह प्रा.डा. अर्जुन आचार्यले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएपश्चात पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रको आई.सि.यु मा मृतकको उपचार भइरहेको थियो ।

यो सँगै कोरोनाबाट पोखरा महानगरका ३ को मृत्यु भएको छ भने गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.