www.tandavnews.com
Fact ~ In search of truth

डा. शर्माले काम नगरेकै हुन् : सांसद गुरुङ

पाेखरा
ताण्डव न्यूज । 

संघीय सांसद पोल्देन छोपाङ गुरुङले मनाङको स्वास्थ्य सेवाको समस्या बारे यस अघि पनि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशमा जानकारी गराउदै आएको बताएका छन् । मनाङ जिल्ला अस्पतालमा एक जना मात्र डाक्टर र अन्य जनशक्ति नरहेको कुरा सांसद गुरुङले थाहा पाएपछि निर्देशक विनोदविन्दु शर्मालाई फोन गर्दा समेत फोन नउठाएको बताए ।

‘मैले पहिले पनि यो समस्याको विषयमा कुरा गर्दै आएको हो,’ उनले भने, ‘अहिले समाचारमा आएपछि डा शर्माले अस्तीबाट मेरो फोन उठाएका छैनन्, न त कल ब्याक नै गरेका छन् । यस अघि उनले फोन उठाउथे र नउठेको खण्डमा मलाई कल ब्याक गर्थे तर अहिले सम्पर्कमा हुनुहुन्न् ।’

Batas

भेन्टिलेटरको कुरा जोड्दै सांसद गुरुङले दु:ख व्यक्त गरे । ‘मनाङमा भेन्टिलेटर पुजा गर्नको लागि पठाएको होइननी,’ उनले भने, ‘डाक्टर छैन समान मात्र पठाएर के गर्नु ?’

जनप्रतिनिधिले मात्र चाहेर नहुने सांसद गुरुङको भनाई थियो । ‘हामी भनेर मात्र हुदो रहेन छ, हाम्रो हातमा केही छैन्,’ उनले भने, ‘उनीहरुकै हातमा छ जति कराएपनि नहुने । उनीहरुको खाली देखावटी मात्र छ । गर्ने मान्छेले नगरेपछि हाम्रो के लाग्दो रहेछ र ?’

यस विषयमा समाजिक विकास मन्त्री नरदेवी पुनसँग फोन मार्फत कुराकानी भएको सांसद गुरुङले बताए । ‘उहाँले डाक्टर पठाउदै छौ भन्नुभयो,’ उनले भने, ‘तर नर्सको हकमा गाह्रो छ भन्दै हुनुहुथ्यो । मैले नर्स गाँउमै पाइन्छ भनेर भने । अहिले बजेट छैन भन्नु भयो । मैले यो कोरोनाको बेला वजेट छैन भनेर हुन्छ भने । त्यसपछि उहाँले ठिक छ मिलाएर गरौला भन्नुभयो ।’

सम्बन्धीत न्यूज

‘स्वास्थ्य निर्देशक शर्माको लापरवाही’कै कारण मनाङमा स्वास्थ्य सेवा ठप्प

मनाङमा एक जना मात्र डाक्टर कहिलेसम्म ? भेन्टिलेटर पुग्यो, जनशक्ति खै ?

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.