www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार नाघ्यो

पोखरा,
ताण्डव न्यूज।

गण्डकी प्रदेशमा संक्रमितको संख्या २००० नाघेको छ । प्रदेशमा फेरि २७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्याले २ हजार नाघेको हो ।

Batas

सबै संक्रमित नवलपरासी जिल्लाको रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । संक्रमित हुनेमा १५ जना महिला रहेका छन् भने बाँकी १२ जना पुरुष रहेका छन् ।

संक्रमित सबै व्यक्ति कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २००५ पुगेको छ । संक्रमणबाट निको हुनेको संख्या १६७२ रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.