www.tandavnews.com
Fact ~ In search of truth

‘सरकारले नपठाए, डाक्टर र नर्स म पठाउँछु’

पाेखरा
ताण्डव न्यूज । 

एक मात्र डाक्टर भएको मनाङ जिल्ला अस्पतालमा यतीवेला स्वास्थ्य सेवा ठप्प भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको वेवास्ताको कारण अस्पताल एक हप्ताको लागि सेवा बन्द गरिएको हो । एक मात्रै डाक्टरले सेवा दिदै आइरहेको मनाङमा तिनै डाक्टर कोरोना संक्रमितको कन्ट्याक्ट टे«सिङमा परेपछि स्वास्थ्य सेवा बन्द गर्नु परेको थियो ।

समस्याबारे जानकारी पाएपछि गण्डकी प्रदेश सांसद राजिव गुरुङ ‘दिपक मनाङ्गे’ ले एक हप्ताभित्र डाक्टर र नर्स पठाउने प्रतिवद्धता व्यक्त गरे । ‘अस्पताल बन्द हुनु दुखको कुरा हो,’ उनले भने, ‘सकेसम्म २ वटा डाक्टर नत्र एक जना र २ जना नर्स एक हप्ताभित्र मनाङ पुग्ने छन् ।’

Batas

सांसद गुरुङले जनशक्ति पठाउने तयारीमा जुटेको सुनाए । ‘यस्तो बेला सरकारले नै पठाउने व्यवस्था मिलाउने छ, नत्र म आफ्नो पहलमा भएपनि जनशक्ति मनाङ पठाउने छु’ उनले भने, ‘मैले आफैले बनाको टिम काठमाण्डौबाट पठाउँछु र बजेट सरकारसँग माग्ने छु ।’

कुरा मनाङको मात्र होइन अरु जिल्लाको लागि पनि तयार गर्ने सकिने तर्क सांसद गुरुङले दिए । ‘अहिलेलाई १० जना डक्टर तयार पर्ने अनि आवश्यक परे अक्सिजन, भेन्टिलेटर जस्ता समान रेन्टमा लिन सकिन्छ, जुन कुराको तयार गरिरहेको छु,’ उनले भने, ‘मैले मनाङ र यस प्रदेशको विषयमा मुख्यमन्त्री ज्यूसँग पनि कुरा गरेको छु ।’

उनका अनुसार प्राइभेट डाक्टर परिचालन गर्नुपर्छ । ‘मैले देखेको चाँही के छ भने, हाम्रो सरकारले प्राईभेट डाक्टरहरु एमबीबीएस गरेर जागीर नखाएकाहरु जतिपनि छन्,’ उनले भने, ‘उनीहरुलाई करारमा लगेर राख्ने हो भने एकदमै सजिलो छ ।’

यस अघि सांसद गुरुङले एउटा विज्ञ टोलीसँग बसेर छलफल समेत गरेको सुनाए । ‘अस्तिन एउटा टिमसँग बसेर मैले के भन्याथे भने अस्पताल बनाउन वर्षाै लाग्छ,’ उनले तर्क दिए, ‘त्यति बेलासम्म कोरोनाको भ्याक्सिन आईहाल्न सक्छ, फेरी अर्थै भएन । हावामा बजेट त्यत्रो खेर जान्छ । मैले एउटा कन्सेप्ट के बनाको थिए भने अक्सिजन, मिनि भेन्टिलेटर यि सबै हायरमा लिने र १० वटा डाक्टर ३० वटा नर्स र १ वटा म्यानेजमेन्ट चिफ जसले म्यानेजमेन्ट हेर्ने । १५ वटा बेडको आईसोलेशन बनाउने भनेर एउटा टिम बनाएको थियौ ।’

यस्तो वेला सबै सचेत हुनुपर्ने र सहयोग गर्नुपर्ने उनको धारण छ । ‘सरकारको मात्रै अनुहार हेरेर सक्दैन,’ उनले भने, ‘सरकारले गरेन भनेर मान्छे मर्न दिन पनि भएन । त्यही भएर आफैले ईनिसियसन लिएर मनाङ समाजकोसँग मिटिङ गरेको थिए । त्यो मिटिङ अनुसार डक्टरहरु जतिबेला पनि आउन रेडी देखियो । भौतिक संरचनाको हकमा जतिबेला पनि चाहिने भएकाले १५ वटा रुम भएको होटललाई बुक गर्ने र काम अघि बढाउने सोच हो । अलि सस्तो सस्तो होटलहरु सिङ्गल रुमवाला मिलाउने र क्वारेन्टिनमा पनि एक्लै एक्लै राख्ने भनेर काठमाण्डौमा भनेको थिए । योजना बनाएको थियौं ।’

योजना अनुसार डाक्टर र अन्य स्वास्थ्यकर्मीलाई सेवा सुविधाको कुरा पनि आएको सांसद गुरुङले बताए । ‘ त्यो सबै म्यानेजमेन्ट हेर्नेलाई ३ लाख, प्रत्येक डक्टरहरुको १ लाख र नर्सहरुलाई ३० हजारमा करारमा ल्याउन सक्ने गरी काम गर्ने हो,’ उनले भने, ‘न अस्पताल बनाउन पर्याे अनि होटल व्यवसाय पनि टिक्यो । अहिले प्रदेश सरकारसँग पनि पैसा छ । होटल व्यवसायीहरु मर्कामा छन् अहिले बैंक पनि छुट दिने होईन । सबै ठुलो मान्छेहरुले बैंकमा पैसा हालेको हुदा उनीहरुले कसैको कुरा सुन्दैन ।’

सम्बन्धीत न्यूज

डा. शर्माले काम नगरेकै हुन् : सांसद गुरुङ

‘स्वास्थ्य निर्देशक शर्माको लापरवाही’कै कारण मनाङमा स्वास्थ्य सेवा ठप्प

मनाङमा एक जना मात्र डाक्टर कहिलेसम्म ? भेन्टिलेटर पुग्यो, जनशक्ति खै ?

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.