www.tandavnews.com
Fact ~ In search of truth

२४ घन्टे अपडेटः देशभर थपिए १ हजार १११ कोरोना संक्रमित,८ को मृत्यु

पोखरा।

आज देशभर १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस विफ्रिङ मार्फत जानकारी दिए । यो सँगै कूल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

Batas

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण आठ जनाको ज्यानको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय ८३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोनालाई जितेर घर फर्किनेको संख्या ५६९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २० हजार ७३ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ४ सय ८८ रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.