www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाबाट झापामा एक वृद्धको मृत्यु

झापा ।

झापाको कमल गाउँपालिका वडा नं ३ केर्खाका कोभिड–१९ बाट संक्रमित ८३ वर्षीय वृद्धको आज बिहान उपचारको क्रममा धरानमा मृत्यु भएको छ । कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले संक्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको बताए ।

झापाको कोभिडबाट मृत्यु हुनेको संख्या अब दुई पुगेको छ । दमकमा यसअघि एक बृद्धको कोभिडका कारण मृत्यु भएको थियो । एक साता अघि उनी नातिनीलाई लिएर मधुमेह जाँचका लागि स्थानीय अस्पताल गएका थिए ।

Batas

त्यसपछि पीसीआर परीक्षण गर्दा वृद्ध र उनकी नातिनी दुबैलाई कोभिड संक्रमण पुष्टि भएको थियो । हाल उनकी नातिनी भद्रपुरस्थित मेची अस्पतालको आइसोलेशनमा उपचाररत रहेकी छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.