www.tandavnews.com
Fact ~ In search of truth

बंगलादेशद्धारा नेपाललाई ५ हजार डोज कोरोनाको औषधि हस्तान्तरण

पोखरा ।

बंगलादेशले कोरोनाविरुद्धको औषधि रेम्डिसिभिरको ५ हजार डोज नेपाललाई हस्तान्तरण गरेको छ ।

अहिलेसम्म प्रभावकारी मानिएको औषधि रेम्डिसिभिर बंगलादेशको राजधानी ढाकास्थित नेपाली दुतावासमा हस्तान्तरण गरिएको हो । दुतावासको अनुसार औषधि आगामी सोमबार सम्म नेपाल आइपुग्ने जनाइएको छ । औषधि स्थलमार्ग हुदैँ ल्याइने भएको छ ।

Batas

रेम्डिसारले कोरोना संक्रमितलाई निको पार्ने नभई संक्रमणको अवधि छोटो बनाउने र बिरामीको अवस्थालाई सहज बनाउन मद्धत गर्ने रहेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले रेम्डिसिभिर औषधिको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको छ। प्रतिष्ठित अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुले यसमाथि लामो अनुसन्धान गर्दा यो औषधिको प्रयोगबाट कोरोना संक्रमितको अवस्थामा सुधार गर्न सहयोग पुगेको पाइएपछि यसको प्रयोग गर्न सुरु गरिएको हो।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.