www.tandavnews.com
Fact ~ In search of truth

पोखराका पर्यटक प्रहरी सहित गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण

पोखरा
ताण्डव न्यूज ।

पोखराका पर्यटक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरा १७का २ जना पर्यटक प्रहरीमा संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का ८ जनामा संक्रमण रहेको पाइएको छ । जसमध्ये देबचुली १५का संक्रमित ब्यक्ति खानेपानी सप्लाई गर्ने संस्थामा कार्यरत रहेको निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ ।

Batas

निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा ८, लमजुङमा २, तनहुँमा ४ र कास्कीमा ३ जनामा संक्रमण पुष्टि भएको हो । लमजुङ मस्र्याङ्दी ४का संक्रमित भारतबाट आएको र अन्य संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

हेर्नुहोस् कहाँ कति थपिए ?

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.