www.tandavnews.com
Fact ~ In search of truth

आइसरको दक्षिण एसियाकै उत्कृष्ट डिलर अवार्ड बतास अर्गनाइजेसनलाई

पोखरा ।

भारतको भोल्भो आइसर कमर्सियल भेइकल लिमिटेडले उत्कृष्ट डिलर अवार्ड बतास अर्गनाइजेसनलाई प्रदान गरेको छ । इस्टर्न एजेन्सी प्राली आइसरको आधिकारीक बिक्रेता रहेको बतास अर्गनाइजेसनले दक्षिण एसियाका डिलरहरुमध्ये उत्कृष्ट डिलर अवार्ड हात पार्न सफल भएको हो ।

कम्पनीले गतवर्ष हेभी ड्यूटी ट्रक सेग्मेन्टमा सबैभन्दा बढी परिमाणमा बिक्री गर्न सफल भएका भएवापत यो अवार्ड प्राप्त गरेको अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए । उनका अनुसार बतासले यो अवार्ड विश्वव्यापी प्रतिस्पर्धाबाट पाएको हो ।

Batas

बतास अर्गनाइजेसनले दक्षिण एसियाको उत्कृष्ट डिलरसँगै ‘हेभी ड्युटी ट्रक सेल्स इन ओभरसिज’ शीर्षकमा अवार्ड पाएको हो । बिहीबार आयोजित भर्चुअल कार्यक्रममार्फत यो अवार्डको घोषणा गरिएको जनाइएको छ । कार्यक्रममा बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले इस्टर्न मोटर्समार्फत आइसरलाई नेपाली बजारमा स्थापित गर्ने सबै कर्मचारी तथा शुभेच्छुक र सहयात्रीप्रति कृतज्ञता प्रकट गरे ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.