www.tandavnews.com
Fact ~ In search of truth

फुड फर गुड : ‘एनटीएचएमसी’मा हल्ट प्राइज २०२०/२१ को तयारी सुरु

पोखरा ।

नेपाल टुरिजम एण्ड होटल मेनेज्मेन्ट कलेज (एनटीएचएमसी) पोखरामा हुन गइरहेको हल्ट प्राइज २०२०/२१ को तयारी सुरु भएको छ । “फुड फर गुड” भन्ने नाराका साथमा एनटीएचएमसी पोखरामा डिसेम्बरको दाश्रो हप्ता आयोजना गर्ने गरी हल्ट प्राइजको तयारी सुरु भएको हो ।

बिश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गर्दछन् । यो प्रतिस्पर्धा विद्यार्थीहरूका लागि नोबेल पुरस्कार भनेर चिनिने अमेरिकी १ मिलियन डलरको ग्लोबल स्टार्टअप पुरस्कार यसको मुख्य आकर्षणको रूपमा रहेको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले बताए ।

Batas

कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न क्याम्पस प्रतिनिधिका रुपमा (वि.एच.एम पाँचौ सेमेस्टरका) सर्वेन्द्र मल्ल छनौट भएका छन् । साथै हल्ट प्राइज २०२०।२१ को अभिमुखीकरण कार्यक्रम २०७७।५।१० गते नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज, पोखरा र पोखरा विश्वविद्यालयका आंगिक क्याम्पसका विद्यार्थीहरुको सहभागितामा अनलाइन (जुम) मार्फत सम्मन्न भएको छ ।

कार्यक्रममा क्याम्पस प्रतिनिधि सर्वेन्द्र मल्लले हल्ट प्राइजको स्थापना देखि यसको युवा वर्गमा हुने प्रभावकारीताका बारेमा अवगत गराए । उनले इच्छुक विद्यार्थीहरुलाई “NTHMC HULT Prize Group”  मा जोडिन आव्हान गरे ।

कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले युगलाई हाक्न युवापुस्ता नै अग्रणी भूमिकामा देखिनुपर्ने बताउँदै निरन्तर प्रयास, सकारात्मक सोच, उद्देश्य मुखी र अनुशासनलाई महत्व दिएर अघि बढ्न प्रेरित गरे ।

कार्यक्रममा हल्ट प्राइज, पोखरा विश्वविद्यालयका क्याम्पस डाइरेक्टर आशिष लामिछाने, सल्लाहकार प्रवेश गौतम, समुदाय प्रवन्धक विनायक पौडेल आदि निमन्त्रित अतिथि थिए ।

पोखरा विश्वविद्यालयले २०१७ देखि यस प्रतियोगिताको आयोजना गर्दै आएको छ । पोखरा विश्वविद्यालयको सम्बन्धनमा नेपाल टुरिजम एण्ड होटल मेनेज्मेन्ट कलेजमा यो हल्ट प्राइज २०१९ देखि सन्चालन हुन लागेको र यस कार्यक्रम मार्फत विद्यार्थीहरुले उद्यमशिलताका नविनतम सोच र योजनाहरु प्रस्तुत गर्न पाउने महत्वपुर्ण अवसर भएको प्रिन्सिपल रेग्मीले बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.