www.tandavnews.com
Fact ~ In search of truth

ठेकेदार लामा र वडा सदस्य भण्डारी ‘अपहरण’ गरेको आरोपमा पक्राउ

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

पोखरा महानगरपालिका–२३ का वडा सदस्य भरतराज भण्डारी, निलगिरी नेश्नल जोइन्ट भेन्चरका सञ्चालक (ठेकेदार) वसन्त लामा अपहरण गरेको आरोपमा वैदाम प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुसहित पोखरा–२३ का स्थानीय रामु भण्डारीलाई समेत अपहरण गरेको आरोपमा वडा प्रहरी कार्यालय वैदामले बिहीबार (हिजो) पक्राउ गरेको हो । स्थानीय माधव सापकोटालाई अपहरण गरेको भन्ने खबर पाएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय वैदामका प्रमुख तथा डिएसपी यादव ढकालले बताए ।

Batas

पीडित सापकोटाले जाहेरी समेत दिएको प्रहरीले जनाएको छ । यस विषयमा अनुसन्धान भईरहेको डिएसपी ढकालले बताए । सापकोटालाई किन अपहरण गरे ? भन्ने अझै खुल्न सकेको छैन् । डिएसपी ढकालका अनुसार पीडित प्रहरीकै सम्पर्कमा छन् । अपहरणको आरोप लागेका ठेकेदार लामा पोखरा–२३ को पुल निर्माण कार्यमा विवादमा आएका व्यक्ती हुन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.