www.tandavnews.com
Fact ~ In search of truth

लमजुङमा एक सञ्चारकर्मीसहित दुईमा कोरोना

लमजुङ ।

जिल्लाको एक मिडियामा कार्यरत २७ वर्षीय पुरुषलाई आज कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सञ्चारकर्मीसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

संक्रमित हुनेमा बेँसीशहर नगरपालिका–८ बस्ने २७ वर्षीय पुरुष र मस्र्याङ्दी गाउँपालिका–४ का ३१ वर्षीय महिलामा कोरोना संक्र्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । संक्रमित महिला भने करिब पाँच दिनअघि भारतबाट आएका थिए । उनी पालिकाको क्वारेन्टिनमा बसेका थिए ।

Batas

संक्रमित सञ्चारकर्मीलाई बेँसीशहर नगरपालिका–७ मा रहेको शहरी विकास भवनमा निर्माण गरिएको आइसोलेशन र महिलालाई भने बेँसीशहरमै रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

जिल्लामा हालसम्म ११ महिलासहित १४५ जना कोरोना संक्रमित भएकामध्ये नौ जना महिलासहित १११ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । हाल दुई महिला र ३२ जना पुरुष गरी ३४ जना जिल्लाको विभिन्न आइसोलेशनमा उपचारत रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.