www.tandavnews.com
Fact ~ In search of truth

शनिबारदेखि सर्तसहित खुल्नेछ कास्की, सवारीमा जोर-विजोर लागू हुने, के गर्न पाइन्छ, के पाइदैन ?

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रशासन कार्यालय कास्कीले भोलि शनिबारदेखि निषेधाज्ञा खुकुलाे गराउने भएकाे छ । प्रशासनले आज १२ बजे रातिदेखि भाद्र २० गतेसम्म लागू हुनेगरि विभिन्न सर्तसहित निषेधाज्ञा खुकुलाे गराउने भएकाे हाे ।

प्रशासनल कार्यालयले सुरक्षा मापदण्डको पुर्ण पालना गर्न जिल्लावासीहरुलाई अनुरोध गरेको छ । मानिसहरु भेला जम्मा हुने, भीडभाड, सभा, जुलुस जस्ता कार्य नगर्न र विद्यालय क्याम्पस लगायत खेलकुदस्थल, शैलुन, जिमखाना लगायतका संस्था सञ्चालन नगर्न आदेश जारी गरेको छ ।

Batas

प्रशासनले जिल्लामा जोर दिनमा जोर नम्बरका सवारी र बिजोर दिनमा बिजोर नम्बरका सवारी बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाउने जनाएको छ । यस्तै, रेष्टूरेण्टहरुले साँझ ७ बजेसम्म टेक-अवे सेवा सञ्चालन गर्न पाउने छन् ।

हेर्नुहोस् के गर्न पाइन्छ, के पाइँदैन ?

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.